ए डिभिजन लिग : आज तीन खेल हुँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ए डिभिजन लिग : आज तीन खेल हुँदै


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज (मंगलबार) तीन खेल हुदैछ ।

च्यासल मैदानमा एक र दशरथ रङ्गशालामा दुई खेल राखिएको छ । आजको खेलमा जावलाखेल र थ्री स्टारलाई शीर्ष स्थानको क्लबसँग अङ्क बराबरीको अवसर छ ।

चर्च ब्वाईज २७ अङ्क सहित शीर्ष स्थानमा रहेको छ । समान २४ अङ्क रहेका जावलाखेल र थ्री स्टारले जित निकालेको खण्डमा शीर्ष स्थानको चर्च ब्वाईजसँग अङ्क बराबरी गर्न सक्नेछन् ।

थ्री स्टारले दशरथ रङ्गशालामा एनआरटीसँग दिउँसो ३ बजे खेल्नेछ । भने सोही मैदानमा साँझ ६ बजे जावलाखेल र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।

च्यासल मैदानमा दिउँसो ३ बजे सङ्कटा र सातदोबाटो युथ क्लब बीचको खेल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस