८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तमानलाई ‘मौलिक गाउँ’ बनाइँदै

अ+ अ-

ढोरपाटन। बाक्लो मगर बस्ती । काठ, ढुङ्गा र माटोले सलक्क बान्की मिलाएर बनाइएका घरहरू । रातो माटो र सेतो कमेरोले पोतिएका ती घरले धेरैलाई आकर्षित गरिरहेका छन् । वरि पारी गाउँमा बीचमा कलकल बग्ने तमानखोला । चौबिसै घण्टा सिरसिर हावा चलिराख्ने यो गाउँको विशेषता हो ।

बागलुङको तमानखोला गाउँपालिका–३ मा पर्ने यो गाउँ निकै रमणीय छ। परम्परागतरुपमा बनेका घर, यहाँ बस्ने मगर समुदायको बोलीचाली र सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ । करिब डेढ दशक अगाडि मोटर बाटोले जोडिएको तमान गाउँमा अहिले छुट्टै रौनक देखिन्छ ।

विसं २०६७ मा सडकले जोडिए पनि उति बेला अहिलेको जस्तो चहलपहल हुँदैनथ्यो । म्याग्दीको ओखारबोटदेखि लाम्मेला हुँदै तमान जोडिएको सडकले अहिले गाउँको मुहारै फेरिदिएको छ ।

गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि तमान गाउँको आकर्षक भनेको ढुङ्गे घर नै हो । गाउँमा प्रशस्तै ढुङ्गा पाइने हुँदा स्थानीयले सदुपयोग गरी घरलाई चिटिक्क बनाउँदै आएका छन् ।

जिल्लाको धेरै ठाउँमा यस्ता मौलिक घर हराउँदै गइरहेका सन्दर्भमा यहाँ भने जहाँतहीँ देख्न सकिन्छ । घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूल बुट्टा तथा आकृतिले झनै मोहित बनाउँछ ।

गाउँका टोलटोल र बस्ती बस्तीमा एकै प्रकारका घरले आगन्तुकलाई घण्टौँ भुलाउन सक्छन् । तर पछिल्लो समय आधुनिक प्रविधिको विकासले गर्दा यस्ता मौलिक घर सङ्कटमा पर्ने खतरा बढेको छ ।

गाउँमा सडकको सहज पहुँच पुगेपछि कङ्क्रिटका घर तथा भवन ठडिन थालेका छन् । यस्ता घर भवनलाई रोकी तमानलाई ‘मौलिक गाउँ’का रूपमा विकास गर्न तमानखोला गाउँपालिकाले योजना बनाएको छ ।

गाउँपालिकाले गाउँका सबै घरलाई एउटै रङ, एउटै शैली र एउटै आकार प्रकारको बनाउने योजना अघि सारेको छ । तमान गाउँमा अब कसैले पनि कङ्क्रिटका भवन बनाउन नपाउने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए ।

प्रविधिको बढ्दो विकास र प्रयोगले ग्रामीण जीवनशैली, यहाँको संस्कार संस्कृति, सौन्दर्य र गाउँको वास्तविक महत्त्व हराउँदै गएपछि गाउँपालिकाले तमान गाउँलाई पुरानै स्वरूपमा संरक्षण गर्न थालेको उनको भनाइ छ ।

पछिल्लो समय स्थानीय स्तरमा भएका स्रोतसाधनलाई बिर्सिएर आयातित वस्तुको प्रयोग बढी हुन थालेको हुँदा यसलाई रोक्ने प्रयास गरेको अध्यक्ष बुढामगरले बताए ।

‘तमान निकै पुरानो गाउँ हो, अहिले पनि यहाँका घर पुरानै शैलीका छन्, गाउँको संस्कार संस्कृति र परम्परा पनि अहिलेसम्म जीवितै छ, अब मासिँदै जाने खतरा बढेको छ, यसलाई रोक्न हामीहरू लागेका छौँ, तमान गाउँलाई एउटा ‘सांस्कृतिक गाउँ’ बनाउने उद्देश्य हो’, अध्यक्ष बुढा मगरले भने । गाउँलाई अध्ययन अवलोकन र अनुसन्धान गर्ने थलोका रूपमा विकास गर्ने आफूहरूको लक्ष्य रहेको उनको भनाइ छ ।

अध्यक्ष बुढामगरले यस गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा समेत विकास गरिने बताउनुभयो । घरका छेउछाउमा ढुङ्गा बिछ्याउने, घरमा लगाइने रङ, ढुङ्गाको छानो पनि एकै प्रकारको बनाइने उनको भनाइ छ ।

देशका दश नमुना सहरमध्येको एक बुर्तिबाङ बजारदेखि गाडीमा दुई घण्टामा तमान गाउँ पुग्न सकिन्छ । बोङ्गादोभान र खुङ्खानी दुवैतर्फबाट पुग्न सकिन्छ भने म्याग्दीको मालिका हुँदै सोले डाँडाबाट पनि पुग्न सकिन्छ ।

स्थानीय ओमकुमारी बुढाथोकीले पछिल्लो समय गाउँमा मौलिक घर कम बन्न थालेको बताइन्। अहिले बन्ने अधिकांश घर नयाँ शैलीका हुने गरेको उनको भनाइ छ । नयाँ घरमा पहिलेको जस्तो रातो माटो र कमेरोले पोत्न छोडेर विभिन्न थरिका रङ लगाउन थालिएको बुढाथोकी बताउँछिन् ।

बुढाथोकी भन्छिन्, ‘अहिले त गाउँ घरमा बजारको जस्तो चलन आउन थालिसक्यो, घरहरू पनि नयाँ नयाँ खालका बन्न थाले, चालचलन पनि नयाँ आए, उति बेलाको जस्तो परम्परा अहिले मान्न छोडियो, मान्छे पढ्ने लेख्ने भए, त्यही भएर होला पुराना संस्कृति सबै बिस्तारै हराउँदै गएका छन्।’

स्थानीय मनबहादुर बुढाथोकीले पहिले तमान गाउँका अबै घर ढुङ्गा माटोको गारो र छानो पनि ढुङ्गैको हुने गरेकोमा अहिले सिमेन्ट र जस्तापाताले छाउन थालेको बताए । तमान गाउँमा अहिले करिब दुई सय ५० घर रहेकामा आधा दर्जन बढी सिमेन्टका कङ्क्रिट बनेको सुनाए । गाउँपालिकाले कला संस्कृति संरक्षण गर्न बनाएको योजना स्वागतयोग्य रहेको बुढाथोकीको भनाइ छ ।

‘पहिला गाउँका पूरै घर ढुङ्गाले छाएका थिए, उति बेला गाडी गुड्ने सडकको पहुँच थिएन, जस्तापाता आउँदैनथ्यो, घर बनाउँदै ढुङ्गाकै प्रयोग हुन्थ्यो, अहिले त गाउँको कुना काप्चासम्म सडक पुग्यो, सडक जहाँ पुग्यो, त्यही जस्तापाता पुग्यो, जस्तापाता पुगेपछि मान्छेले त्यसैले घर छाउन थाले’, बुढाथोकीले भने ।

पहिले घर स्थानीय सिकर्मी र डकर्मीले बनाउँथे, उनीहरूमा निकै राम्रो कला र सीप भए पनि अहिले त्यो सीप पनि हराएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस