टोपबहादुर जीको छानबिनमा एमालेले सहयोग गर्छ : महेश बस्नेत « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

टोपबहादुर जीको छानबिनमा एमालेले सहयोग गर्छ : महेश बस्नेत


२४ बैशाख २०८०, आइतबार


पोखरा । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नक्कली शरणार्थी प्रकरण छानबिनमा एमालेले सहयोग गर्ने बताएका छन् ।

प्रेस चौतारी कास्कीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले उक्त प्रकरणमा जोडिएका सबैको अनुसन्धान हुनुपर्ने पनि बताए ।

उनले भने, ‘टोपबहादुर रायमाझीजीको संलग्नताको प्रश्न उठेको छ । त्यसलाई छानबिन गर्ने कुरामा नेकपा एमाले जहिले पनि सहज बन्छ, असहज बन्दैन ।’ उनले उक्त प्रकरणलाई राजनीतिक रङ दिएर कसैलाई पनि उन्मुक्ति दिन नहुने पनि बताए ।

अर्को प्रसङ्गमा नेता बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एमालेले प्रधानमन्त्री बनाउने भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएको र त्यसमा एमालेले कदापि साथ नदिने दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस