थप ७६ जनामा कोरोना संक्रमण  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

थप ७६ जनामा कोरोना संक्रमण 


२३ बैशाख २०८०, शनिबार


काठमाडौँ । देशभर थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३ जनाको नमूना परीक्षण गरिएको थियो ।

५५ जनाको पीसीआर र १ हजार ५ सय ४८ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शनिबार २६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने १ सय ३७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस