चोरी आरोपमा मध्यपुर ठिमीबाट एक जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चोरी आरोपमा मध्यपुर ठिमीबाट एक जना पक्राउ


२३ बैशाख २०८०, शनिबार


पक्राउ

काठमाडौँ । भक्तपुरमा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

प्रहरीले मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट एक जनालाई पक्राउ गरेको हो ।

शनिबार राति साढे २ बजेतिर शङ्का लागेर प्रहरीले सर्लाही कर्मैया गाउँपालिका-९ घर भई काठमाडौँको गुहेश्वरी बस्ने १८ वर्षीय अर्जुन बराइलीलाई सोधपुछ गरेको थियो।

उक्त टोलीले उनीबाट चोरीका सामान बरामद गरेपछि पक्राउ गरेको हो। उनले कौशलटारस्थित एक घरमा चोरी गरेको आरोप छ।

उनीबाट ल्यापटप, ट्याब, दुई वटा मोबाइल, एउटा पावर बैंक र एउटा रड बरामद गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस