प्रदेश संरचना नेता व्यवस्थापनका लागि मात्र हुन् : रवि लामिछाने  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रदेश संरचना नेता व्यवस्थापनका लागि मात्र हुन् : रवि लामिछाने 


२२ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हालको प्रदेश संरचनाले कहीँ पनि नपुर्‍याउने बताएका छन् ।

केन्द्रीय समिति र संसदीय दलको बैठकपछि पत्रकार सम्मेलनमा सभापति लामिछानेले यस्तो बताएका हुन् । 

सङ्घीयताबारे मुख खोल्दै उनले अहिलेका प्रदेश संरचना नेता व्यवस्थापनका लागि मात्र भएको बताए ।

लामिछानेले भने,’प्रदेश संरचना अहिले जसरी चलिरहेको छ, यसले कहीँ पनि पुर्‍याउँदैन । यसले राजनीतिक दलका नेता कार्यकर्ता व्यवस्थापन गर्ने मात्र हो ।’

शासकीय स्वरूपमा हाम्रा कतिपय असहमति छन् र संविधानमै संशोधन गर्नुपर्नेछ तर पनि हामी यही व्यवस्थाभित्र अवस्था परिवर्तन गर्न खोज्दैछौं ।

लामिछानेले सङ्घीयताकै विपक्षमा आफूहरू अहिले नरहेको तर यो संरचनाले केही नगर्ने भन्दै प्रदेशमा उम्मेदवारी जानीबुझी नै नदिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस