१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज विरल छायाँजनित (पेनम्ब्रल) चन्द्र ग्रहण लाग्ने

अ+ अ-

काठमाडौँ । वैशाख शुक्ल पूर्णिमाका दिन आज बेलुकी विरल छायाँजनित (पेनम्ब्रल) चन्द्र ग्रहण लाग्ने भएको छ ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटी(नासो)का अनुसार विरल छायाँजनित (पेनम्ब्रल) चन्द्र ग्रहण राति ८:५९ बजे सुरु भई ११:०७ बजे मध्य हुन्छ । राति १:१६ बजे ग्रहण सकिने जनाइएको छ । यो चन्द्र ग्रहण खग्रास वा खण्डग्रास नभएर विरल छायाँजनित अर्थात् पेनम्ब्रल चन्द्र ग्रहण भएको नासोका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिएका छन् ।

वैज्ञानिक मान्यतामा यो ग्रहणको अस्तित्व देखिए पनि शास्त्रीय मान्यतामा नदेखिने हुँदा त्यससम्बन्धी धार्मिक एवं सांस्कृतिक मान्यता लागू नहुने उनले बताए । मौसमले साथ दिए आज राति विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा रुचि राख्ने महानुभावले चन्द्रमाको तस्बिर तथा भिडियो खिचेर परापूर्वकालमा ज्योतिषशास्त्रको विकास हुँदा यो ग्रहणलाई किन गणना गरिएन भनी अध्ययन गर्न सक्ने सोसाइटीले जनाएको छ । यो ग्रहण नाङ्गो आँखाले ठम्याउन निकै कठिन हुन्छ ।

के हो विरल छायाँजनित (पेनम्ब्रल) चन्द्र ग्रहण ?

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्र ग्रहण लाग्ने गर्छ । चन्द्र ग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो । यस्तो छायाँ दुई प्रकारका हुन्छन् । सघन छायाँ र विरल छायाँ । चन्द्रमा पृथ्वीको सघन छायाँमा परे खग्रास वा खण्डग्रास चन्द्र ग्रहण हुन्छ । विरल छायाँमा पर्दा विरल छायाँजनित अर्थात् पेनम्ब्रल चन्द्र ग्रहण हुन्छ ।

यो ग्रहण नाङ्गो आँखाले खासै छुट्याउन नसक्ने हुनाले प्रचलनमा रहेको पञ्चाङ्ग तथा भित्तेपात्रोमा यसको चर्चा नगरिएको नासोले जनाएको छ । यो ग्रहणको बेला तस्बिर खिचेर केही वैज्ञानिक परीक्षण गर्न सकिने हुनाले वैज्ञानिक समुदायका लागि भने यसको ठूलो महत्त्व हुन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल विरल छायाँजनित ग्रहण लाग्नुभन्दाअघिको अवस्था भएको बताउछन् । विरल छायाँजनित भनेको ग्रहण नै लागेको अवस्था नभएकाले शास्त्रीय रूपमा यसको दोष नलाग्ने जानकारी पनि उनले दिए ।

प्रतिक्रिया दिनुहोस