अब अखबारमा स्ट्रिट फुड प्याक गर्न नपाइने  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अब अखबारमा स्ट्रिट फुड प्याक गर्न नपाइने 


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । सरकारले सडक खाद्य वस्तु (स्ट्रिट फुड) प्रिन्टेड पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने भएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार स्वास्थ्यका लागि खतरनाक असर पार्ने रसायनहरू प्रिन्टेड पेपरमा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कार्यविधि बनाउने तयारी सुरु भएको छ । 

आज मङ्गलवारदेखि काठमाडौँमा सुरु भएको खाद्य स्वच्छतासम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले सस्तो र मिठो हुने भएकाले ‘स्ट्रिट फुड’ को उपयोग बढ्दै गइरहेको उल्लेख गर्दै त्यसमा स्वच्छता ल्याउन सरकारले प्रिन्टेड पेपरको प्रयोगमा प्रतिबन्ध लगाउन चाहेको स्पष्ट पारिन् ।

महानिर्देशक वैद्यले ‘स्ट्रिट फुड’ र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि पालिकाहरूसँग मिलेर अघि बढाएको बताइन् ।  

खाद्य स्वच्छताका लागि ‘स्ट्रिट फुड’ र तरकारी तथा फलफूल बजार अनुगमनको कामलाई अझै तीव्रता दिन लागिएको पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस