राजनीतिक स्थिरता नहुँदा देश असहज स्थितिमा पुग्यो : ओली « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

राजनीतिक स्थिरता नहुँदा देश असहज स्थितिमा पुग्यो : ओली


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश असहज स्थितिमा रहको बताएका छन् । 

काठमाडौँमा आयोजित ग्रासरुट समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । 

देशमा राजनीतिक स्थिरताको स्थिति नरहेको बताउँदै उनले कसैको बहुमत नआउँदा चारतिर फर्किएका दलहरू मिलेर सरकार चलाउनु परेको उनको भनाई थियो। 

चारतिर फर्किएका दलले सरकार बनाउँदा देशको  विकास र सुशासन हुन नसकेको बताए ।  यदि एउटा पार्टीको बहुमत हुने भए यो नीतिका साथ काम गर्छु भन्ने स्थिति हुने ओलीले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस