मिटरब्याजी पीडितका मागबारे सरकारसँग छलफल गर्ने भट्टराईको प्रतिबद्धता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मिटरब्याजी पीडितका मागबारे सरकारसँग छलफल गर्ने भट्टराईको प्रतिबद्धता


१८ बैशाख २०८०, सोमबार


काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याजीपीडितले अघि सारेका मागका विषयमा सरकारसँग छलफल गर्ने बताएका छन् । 

सोमबार काठमाडौँको शान्तिबाटिकामा मिटरब्याजीपीडितसँग कुराकानी गर्दै भट्टराईले उनीहरूले अघि सारेका माग जायज भएकाले यस विषयमा सरकारसँग छलफल गर्ने प्रतिबद्धता जनाएका हुन् ।  

भट्टराइले मिटरब्याजीसम्बन्धी सरकारले गठन गरेको आयोगको कार्यादेशलाई बलियो बनाउनुपर्ने मिटरब्याजीपीडितको माग जायज भएको धारणा राखे । 

जाली तमसुकका कारण मुद्धा खेप्न बाध्य भएकाले अहिलेलाई मुद्दाहरू स्थगित गराउँदै जाली तमसुक आयोगलाई बुझाउने र जाँचबुझ गरेर मात्रै हल गर्ने विषयमा सरकारसँग कुरा गर्ने उनले बताए । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले नेपाल सरकारसमक्ष विभिन्न ६ बुँदे माग राख्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस