अन्धाधुन्ध तार नकाट्न स्थानीय तहलाई सामान्यको पत्र « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

अन्धाधुन्ध तार नकाट्न स्थानीय तहलाई सामान्यको पत्र


१८ बैशाख २०८०, सोमबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई अन्धाधुन्ध तार नकाट्न आग्रह गरेको छ।

स्थानीय तहहरूलाई पत्राचार गर्दै मन्त्रालयले दूरसञ्चार सेवा प्रदायकले जडान गरेको केवल नेटवर्कका तार अन्धाधुन्ध नकाट्न आग्रह गरेको हो।

मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई आइतबार पत्राचार गर्दै तार नकाट्न भनेको छ।

मन्त्रालयका स्थानीय समन्वय शाखाका प्रमुख अनुसार स्थानीय तहले शहरी सौन्दर्यको नाममा इन्टरनेट तथा टेलिफोनको तार अन्धाधुन्ध काटेको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले वैशाख १२ गते यस्तो कार्य बन्द गर्न सहयोग मागेको थियो।

नेपाल टेलिकमले वैशाख ८ गते सूचना तथा सञ्चार प्रविधि मन्त्रालयललाई पत्र लेखेको थियो।

काठमाडौँ महानगरलगायत विभिन्न स्थानीय तहले शहरी सौन्दर्यता कायम गराउने भन्दै दूरसञ्चार सेवा सञ्चालनको लागि कम्पनीले विस्तार गरेको केवल नेटवर्क अन्धाधुन्ध रूपमा काटिदिने क्रम बढिरहेको टेलिकमले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस