अयोग्य लडाकुलाई तत्काल दुई लाख रुपैयाँ दिन माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अयोग्य लडाकुलाई तत्काल दुई लाख रुपैयाँ दिन माग


१८ बैशाख २०८०, सोमबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले अयोग्य लडाकुहरूलाई तत्काल दुई लाख रुपैयाँ दिनुपर्ने बताएका छन् ।

सचिव पौडेलले सरकारले अयोग्य लडाकुहरूलाई दिने भनिएको दुई लाख रुपैयाँ तत्काल दिइनुपर्ने बताएका छन् ।

“यो यस अघिकै सरकारहरूले गरेको निर्णय हो । वर्तमान सरकारले प्रक्रिया मात्रै अगाडि बढाएको हो,” उनले भने, “अयोग्य लडाकुहरूलाई दुई लाख रुपैयाँको दरले दिँदा करिब एक अर्ब रुपैयाँ खर्च हुन्छ । सो रकम राज्यले व्यहोर्न सक्छ ।”

उनले वर्तमान राजनीतिक परिवर्तनका निम्ति लडाकुहरूको योगदान रहेको उल्लेख गर्दै उनीहरूको योगदानको सम्मान हुनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस