२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सारङ्गी संस्कृति लोप हुने चिन्ता

अ+ अ-

कास्की । सारङ्गी संस्कृति र गायन हराउन थालेपछि गन्धर्व समुदायका ज्येष्ठ नागरिक चिन्तित हुन थालेका छन् । पश्चिमा संस्कृतिको प्रभावले नेपाली संस्कृति ओझेलमा पर्दै गएपछि यसको संरक्षण हुनुपर्ने उनीहरूको भनाइ छ ।

पोखरा बाटुलेचौरका खिमबहादुर गन्धर्व ८८ वर्ष पुगे । उमेर छँदा सारङ्गी बजाएर गाउँदै हिँडेको उनीलाई निकै याद आउँछ । उनी लोक गायक झलकमान गन्धर्वका साथी पनि छन् । उनलाई पछिल्लो समय सारङ्गी वादन हराउँदै जान थालेकोमा चिन्ता लाग्छ । ‘अहिलेका केटाहरू गितार, हार्मोनियम, किबोर्ड केके भन्छन् । यस्तै छ सिक्न त्यति सारो रुचि गर्दैनन्’, खिमबहादुरले भने, ‘सारङ्गी त हाम्रो संस्कृति हो नि । त्यही भएर हराउँछ की भन्ने साह्रै चिन्ता लाग्छ ।’

सिक्न चाहनेका लागि सिकाउन आफू तत्पर रहेको उनले सुनाए । ‘अलि अलि चासो लिएर आउनेलाई सिकाउने गरेको छु’, उनले भने, ‘गीत गाउन त घाँटीले साथ दिँदैन । सारङ्गी लिएर यसो गर उसो गर भनेर भन्न सक्छु । अनि सिकाउँछु पनि ।’ गोरखा नगरपालिका–७ धारापानीका मङ्गलप्रसाद गान्धारी पनि युवापुस्ताले सारङ्गी बजाउन नखोज्ने बताउछन् । ‘हाम्रा पालामा सारङ्गी बोकेर घटना सुनाउन कता कता पुगिन्थ्यो । अहिले त त्यो छैन’, मङ्गलप्रसादले भने, “हामी जसरी गाउँ गाउँ नहिँडे पनि बजाउन मात्रै सिकिदिए नि हुन्थ्यो भन्ने हुन्छ ।’

गन्धर्व संस्कृति जोगाउन यसको महत्त्व बुझाउनुपर्ने गान्धारीको भनाइ छ । संस्कृति जोगाउनका लागि सरकारले बजेट छुट्याए पनि आफ्ना समुदाय माग गर्नै नजाने उनले बताए । “यसलाई जोगाउन हाम्रो संस्कृतिको महत्त्वबारे नयाँ पुस्तालाई बुझाउनुपर्छ’, उनले भने, ‘सरकारले बजेट त छुट्याएको हुन्छ नि हाम्रो मान्छेहरू माग गर्नै जान्नन् ।’

तनहुँकी २२ वर्षीया अरुणा गन्धर्व हराउन थालेको सारङ्गी संस्कृति जोगाउन तल्लीन छन् । उनले सारङ्गी बजाउन थालेको सात वर्ष भयो । अहिले उनले जानेको सीप स–साना भाइबहिनीलाई पनि सिकाउन व्यस्त छन् । तनहुँ जामुने क्षेत्रमा सारङ्गी वादनमा अझ सक्रिय भएर लाग्ने अरुणाको प्रतिबद्धता छ । ‘बाबाहरूले गाउनु हुन्थ्यो । मैले पनि बीचमा वास्ता गरेको थिइन् । पछि हाम्रो संस्कृति जोगाउन हामी नै लाग्नुपर्छ भन्ने मनमा जाग्यो अनि सिकेर बजाउँदै आएको छु’, अरुणाले भने । युवापुस्ताले संस्कृति जोगाउन ध्यान नदिने हो भने लोप भएर जाने उनको तर्क थियो ।

नेपाल गन्धर्व समुदाय विकास केन्द्रका अध्यक्ष सूर्यबहादुर गायकले सारङ्गी वादन संस्कृति जोगाउन आफूहरू प्रयासरत रहेको जानकारी नदिए । युवापुस्ताले हाम्रो संस्कृति मङ्गल, महाल, कर्खा, मालश्री, नौराग, बाह्रमासे गीत बिर्सदै गएकोमा उनले चिन्ता व्यक्त गरे । ‘हाम्रो संस्कृति जोगाउन यो वर्ष सारङ्गी वादन प्रतियोगिता गर्‍यौँ’, अध्यक्ष सूर्यबहादुर गायकले भने, ‘सात वर्षभन्दा माथिका बच्चाहरूलाई सारङ्गी वादन तालिम दिइरहेका छौँ ।’ सारङ्गी बजाउन जानिसकेकालाई गन्धर्व गीतको प्रशिक्षण दिइरहेको उनले सुनाए ।