आजबाट उत्तरी चीनका नाकाहरू खुल्ला हुने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

आजबाट उत्तरी चीनका नाकाहरू खुल्ला हुने


१८ बैशाख २०८०, सोमबार


काठमाडौँ। लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आज देखी खुला हुने भएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैतमा चीनसँग भएको छलफलको परिणामस्वरूप १८ वैशाख देखि चीनतर्फका सबै नाका खुल्न लागेका हुन् । मन्त्रालय सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच नाका खोल्ने बारेमा सहमति भएको थियो ।

सोही अनुसार भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको कोदारी नाका र हुम्लाको यारी नाकालगायतका अन्य सबै नाका आजदेखि खुला भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

चीनतर्फका नाकाहरूमा मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला रहेका छन्। मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी र डोल्पाको उत्तरी नाकासमेत खुला भएका छन्। चीनतर्फका व्यापारिक नाका रसुवाको केरुङ, कोदारी र हुम्लाको यारी नाकाबाट आयात निर्यात धेरै हुने गरेको छ।

चीनतर्फका नाका मध्ये मुख्यतः सिन्धुपाल्चोकको तातोपानी नाका भूकम्पका कारण बन्द भएको थियो भने रसुवाको केरुङ नाका कोभिड–१९ को महामारी पछि पूर्ण रूपमा सुचारु हुन सकेका थिएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस