रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै


१८ बैशाख २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक आज (सोमबार) बस्ने भएको छ ।

उपनिर्वाचनबाट सभापति रवि लामिछाने पुनः निर्वाचित भएर आएपछि पहिलो पटक केन्द्रीय समिति र संसदीय दलको दुवैको बैठक आज बस्न लागेको हो ।

सोमबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बस्नेछ भने दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ ।

डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको हो ।

पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक आह्वान गरिएको हो। केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक बारे रास्वपाले शनिबार जुम मिटिङ गरेर जानकारी दिएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रास्वपालाई सरकारमै सहभागी गराउने पक्षमा छन्। उनले रास्वपाका सभापति रवि लामिछानेलाई अनौपचारिक प्रस्ताव पनि गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस