२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिद्धार्थ राजमार्ग राति बन्द हुने

अ+ अ-

पाल्पा । पाल्पा-बुटवल सडक खण्डअन्तर्गत पर्ने सिद्धार्थ राजमार्ग रातको समयमा बन्द गरिएको छ ।

राजमार्गको दोभान-चिडिया खोला सडक खण्डमा दिउँसो हुँदै आएको बन्द खुला गरिएको छ भने राति गरिएको बन्द यथावत् राखिएको छ ।

शुक्रबारदेखि लागू हुने गरी रातको १० बजेदेखि बिहान ४ बजेसम्म राजमार्ग बन्द गरेर काम गरिएको छ ।

रामापिथेकस पार्क नजिक सडक डाइभर्सनको काम सुरु भएको र माथिबाट खुकुला ढुङ्गाहरू पहरोबाट झरी काम गर्न जोखिम हुने भन्दै सिद्धबाबा सुरुङ मार्ग योजना बुटवलले अर्को सूचना प्रकाशित नहुँदासम्म रातको समयमा राजमार्ग गर्ने जनाएको छ ।

आयोजनाका अनुसार दिउँसोको समय खुला गरिएको छ । निर्माण व्यवसायीले काममा ढिलासुस्ती गर्दा दिउँसो सवारी चाप अधिक रहेकाले दिउँसोको बन्द हटाएको बताइएको छ । गत चैत २१ गते दिउँसो र रातिको समयमा सडक बन्द गरिँदै आइएको थियो ।

रातिको समयमा सडक बन्द हुँदा सो समय अवधिभर विभिन्न ठाउँमा सवारी साधन रोक्ने व्यवस्था मिलाइएको सुरुङ मार्ग योजनाले जनाएको छ । सो समयमा पाल्पाबाट जाने सवारी साधनहरू जडीबुटी चोक, सत्यवती जाने बाटोमा व्यवस्था मिलाइएको छ भने बुटवलबाट आउने सवारी साधनाहरू चिडिया खोला तल्लो सिद्धबाबा मन्दिरमा रोक्ने व्यवस्था गरिएको योजनाले जनाएको छ ।

सुरुङ मार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनमार्फत काम भइरहेको छ । सडक बन्द रहेको समयमा आकस्मिक रूपमा यात्रा गर्नुपर्ने र साना/मझौला सवारी साधनका लागि दोभान-नुवाकोट खण्डको भित्री सडक प्रयोग गर्न सकिने छ । यस सडक खण्डमा पटक पटक सडक बन्द गरेर काम गरिरहँदा यात्रुले सास्ती खेप्नु परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस