महावीर पुनको माग गठबन्धनको एजेण्डा बन्नुपर्छ : नेता खनाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महावीर पुनको माग गठबन्धनको एजेण्डा बन्नुपर्छ : नेता खनाल


१७ बैशाख २०८०, आइतबार


काठमाडौँ । नेता झलनाथ खनालले महावीर पुनको माग गठबन्धनको एजेण्डा बन्नुपर्ने बताएका छन्।

आइतबार राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनलाई ऐक्यबद्धता जनाउन माइतीघर पुगेका उनले यस्तो बताएका हुन्।

उनले भने, ‘गठबन्धनको बैठक बस्नुपर्ने हो, उहाँका एजेण्डा अघि सारेर एउटा टुङ्गोमा पुग्नुपर्ने हो। हाम्रो देशका वैज्ञानिकहरूलाई एक घण्टा पनि बस्नुपर्ने परिस्थिति हुनै नदिनुपर्ने थियो। तर अहिले त म पनि भुँइमान्छे हो, उहाँजस्तै संसदमा पनि छैन, सरकारमा पनि छैन। पार्टी मात्रै सरकारमा छ। पार्टीका नेताहरू बसेर एक आपसमा छलफल गर्नुपर्ने आवश्यकता म देख्छु। कुनै पनि प्रधानमन्त्रीले यस्ता समस्या एक्लै हल गर्न सक्छ। अब हामीले यो देशमा वैज्ञानिक आविष्कारका कुरालाई नवप्रवर्तनका कुरालाई अघि बढाउँछौँ भनेर उहाँले सार्वजनिक रूपमा प्रतिबद्धता जनाएर अघि बढ्न जरुरी छ। गठबन्धनलाई म भन्न चाहन्छु यो सबैको प्रक्रिया हो। यस वर्षको बजेटमा यसलाई स्वीकार गरेर कति सकिन्छ त्यही अनुसार अघि बढ्नुपर्छ। देशका अरु धेरै युवा वैज्ञानिक हुनुहुन्छ, उहाँहरूलाई काम गर्न सक्ने वातावरण बनाउनुपर्छ, अहिले हाम्रा देशका युवा वैज्ञानिकहरू बहिर्गमनमा लाग्ने खतरा पैदा भएको छ।’

Tags :
प्रतिक्रिया दिनुहोस