२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम विश्वविद्यालयमा चलचित्र महोत्सव

अ+ अ-

दोधार चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयमा शुक्रबारदेखि तीन दिने चलचित्र महोत्सव सुरु भएको छ । सो चलचित्र महोत्सवको नेपालस्थित युरोपियन युनियनका उपप्रमुख डा.जोली हिभोनेट र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले संयुक्तरुपमा शुभारम्भ गरे ।

महोत्सवको शुभारम्भ गर्दै डा.जोलीले ‘नेपाल युरोपियन फिल्म फेस्टिवल-२०२३’ को १२औँ संस्करणअन्तर्गत पहिलो चरणमा सुदूरपश्चिम विश्वविद्यालयमा आयोजना गरिएको जानकारी दिए । उनले चलचित्र महोत्सवमा युरोपका आठ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघु चलचित्र प्रदर्शन गरिने बताए ।

‘महोत्सवमा मानवअधिकार प्रवर्द्धनमा चलचित्रको भूमिकालाई कसरी बुझ्ने शीर्षकमा छलफल हुनेछ’, डा.जोलीले भने, ‘यसको उद्देश्य आम मानिसमा उनीहरूको अधिकारबारे चेतना अभिवृद्धि गर्ने रहेको छ ।’

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति जोशीले चलचित्र महोत्सवले मनोरञ्जनका साथै मानवअधिकारसँग सम्बन्धित सन्देश प्राप्त हुने बताए । ‘महोत्सवमा प्रदर्शन गरिने चलचित्रले मनोरञ्जनका साथै चेतना अभिवृद्धि हुनेछ’, उनले भने, ‘सन्देश प्रवाह गर्ने भएकाले पनि यो महोत्सव महत्त्वपूर्ण छ, यसको सदुपयोग गर्न जरुरी छ ।’

महोत्सवमा एनी डे नाउ र अरस टी रिहानीले निर्देशन गरेका अस्कर एण्ड लीली (अस्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेका रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेका इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाभी सन्जभीले निर्देशन गरेका इमादज चाइल्डहुड (स्विडेन, लाटभिया, इराक), इग्नस जोसको निर्देशन गरेका इनभिजिवल (लिथुअनिया, लाटभीया, युक्रेन, स्पेन), डेभिड ट्रेनले निर्देशन गरेका डेटिङ अम्बर (आयरल्यान्ड, बेलायत) र डेभिड ट्रेनले निर्देशन गरेका मित्र (नेदरल्यान्ड) प्रदर्शन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस