बारामा १३ हजार ५ सय ९९ मत गणना गर्न बाकी, यादवसँग मतान्तर घटाउँदै कुशवाहा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बारामा १३ हजार ५ सय ९९ मत गणना गर्न बाकी, यादवसँग मतान्तर घटाउँदै कुशवाहा


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । बारा-२ मा पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्। 

अब एउटा पचरौता नगरपालिकाको मात्र मत गन्न बाँकी छ। यहाँ १३ हजार ५ सय ९९ मत खसेको थियो। बारा-२ मा कुल ६८ हजार ८८७ मत खसेको थियो। 

पछिल्लो मत परिणाम अनुसार सिके राउत नेतृत्वको जनमत पार्टीका शिवचन्द्र कुशवाहा र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच मुख्य प्रतिस्पर्धा छ। नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट अरुण ज्ञवाली र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल उम्मेदवार छन्। 

यादव कुशवाहभन्दा २ हजार ६२९ मतले अगाडि छन्। त्यस्तै एमालेका पुरुषोत्तम पौडेलले ६ हजार ५०१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ६८१ मत पाएका छन्।

आम जनता पार्टीका अरुण ज्ञवालीले २ हजार ६१५ मत पाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस