काठमाडौँ । बारामा जनमत पार्टीको उम्मेदवारले अग्रता लिएका छन् ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहले ६०१ मत पाएका छन् ।
दोस्रो स्थानमा उपेन्द्र यादव छन् । जसपा अध्यक्ष यादवले ५७१ मत प्राप्त गर्दा नेकपा (एमाले) का पुरुषोत्तम पौडेल तेस्रोमा छन् । उनले ५१० मत पाएका छन् ।