१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

९ महिनामा कृषि विकास बैंकको नाफा १ अर्ब ४ करोड, किसान क्रेडिट कार्ड सेवा विस्तार गर्ने

अ+ अ-

काठमाडौँ । कृषि विकास बैंकले चालू आर्थिक वर्षको ९ महिनामा १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४५.३६ प्रतिशतले कम हो । आर्थिक वर्ष २०७८/७९ को चैत मसान्तसम्म बैंकले १ अर्ब ९० करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको नाफा घटे पनि खुद ब्याज आम्दानी वृद्धि भएको छ । सो अवधिमा बैंकले ६ अर्ब २४ करोड ७३ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा ११.८६ प्रतिशतले बढी हो । गत आवको तेस्रो त्रैमासमा बैंकले ५ अर्ब ५८ करोड ४६ लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनामा बैंकले कुल १ खर्ब ८१ अर्ब ५५ करोड ५० लाख ९३ हजार रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ७७ अर्ब ३६ करोड ६५ लाख ३९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा भने बढेर ४.२० प्रतिशत पुगेको छ । बैंकको जगेडा कोष गत आवको समीक्षा अवधिको तुलनामा २.८२ प्रतिशतले बढी छ । 

देशको विद्यमान आर्थिक अवस्था, तरलताको अनिश्चितलगायतका कारण व्यवसाय विस्तारमा केही कमी आएको बैंकले जनाएको छ । पूँजी बजारमा आएको गिरावट, कोषको लागतमा भएको उल्लेख्य वृद्धि, बैंकको निष्क्रिय कर्जा वृद्धिले नाफा प्रभावित भएको छ । बैंकको वितरण योग्य नाफा ५५ करोड ४३ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

बैंकले आगामी दिनमा कृषि तथा अन्य प्राथमिकता क्षेत्रलाई विशेष ग्राहयता दिँदै कर्जा गुणस्तर उत्कृष्ट कायम गर्ने प्रतिबद्धता जनाएको छ । ग्राहको चाहना तथा व्यवसायको सम्भाव्यता अनुरूप डिजिटल बैंकिङ सेवा ग्रामीण स्तरसम्म उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रम अनुरूप किसान क्रेडिट कार्डको सेवा थप विस्तार गर्ने बैंकले जनाएको छ । 

व्यवसाय अन्तरनिहित जोखिमको प्रभावकारी व्यवस्थापन गर्दै उपलब्ध स्रोत परिचालन, थप स्रोत सङ्कलन र व्यवस्थापन तथा साधनको अधिकतम उपयोग गरी सेयर होल्डर र सम्बद्ध सरोकारवालाहरूको हित हुने गरी व्यवसाय विस्तर गर्ने बैंकको प्रतिबद्धता छ । बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९० पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस