२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामपुर मेलाबाट १ करोड ८ लाख बराबरको आम्दानी

अ+ अ-

पाल्पा । रामपुरमा सञ्चालन भएको व्यापार मेलाबाट रु एक करोड आठ लाख बराबरको आम्दानी भएको छ ।

रामपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा रु एक करोड आठ लाख चार हजार नौ सय ५० आम्दानी र रु ६८ लाख २२ हजार सात सय १५ बराबरको खर्च रहेको जानकारी गराइएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी सङ्घले मेलाको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो । सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले मेलाबाट रु ४० लाख ५२ हजार दुई सय ३५ बचत भएको बताए ।

प्रवेश टिकट बिक्रीबाट रु ४६ लाख ४७ हजार पाँच सय ८०, विशेष टिकट बिक्रीबाट रु ३८ हजार दुई सय ५०, स्टल तथा होटलबाट रु ४१ लाख पाँच हजार, प्रायोजक तथा सहप्रयोजकबाट रु आठ लाख ३६ हजार पाँच सय ५०, भलिबल खेलबाट रु २६ हजार चार सय, कृषि ज्ञान केन्द्र पाल्पाबाट रु ७१ हजार एक सय ७०, रामपुर नगरपालिकाबाट रु १० लाख, पूर्वखोला, निस्दी र रम्भा गाउँपालिकाबाट रु ५०÷५० हजार गरी रु एक करोड आठ लाख ७४ हजार नौ सय ५० आम्दानी भएको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिए ।

आम्दानी भएको रकममध्ये पालिकाबाट रकम भुक्तानी लिन बाँकी रहेको छ । मेलाबाट बचत भएको रकम सङ्घको भवन निर्माण, व्यवस्थितरुपमा कार्यालय सञ्चालन र सङ्घका सदस्यको क्षमता अभिवृद्धिका लागि खर्च गरिने वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले बताए ।

केही रकम आउन ढिला भएकाले समयमै खर्च सार्वजनिक गर्न नसकिएको र लेखापरीक्षणपश्चात् मात्रै खर्च सार्वजनिक गरिएको छ । रामपुरमा गत माघ २७ देखि फागुन ८ गतेसम्म तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला भएको थियो ।

प्रतिक्रिया दिनुहोस