सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयासमा भइरहेको मन्त्री शर्माको दाबी  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयासमा भइरहेको मन्त्री शर्माको दाबी 


८ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताएकी छन् । 

नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले मन्त्री शर्मालाई सिंहदरवारमा ज्ञापनपत्र बुझाउने क्रममा सरकारी विज्ञापनमा भएको चुहावट रोक्नेगरी सरकारले गृहकार्य अघि बढाएको बताएकी हुन् । 

संञ्चारमन्त्री शर्माले सरकारी विज्ञापनमा देखिएको चुहावट र बिचौलियापन रोक्न सकेमात्र नेपाली सञ्चार माध्यम र सञ्चारकर्मीले भोग्दै आएको समस्या समाधानमा महत्त्वपूर्ण योगदान पुग्ने बताइन् । 

सरकारी विज्ञापनमा ८० देखि ९० प्रतिशतसम्म डिस्काउन्ट र बिचौलियाले पैसा लिने गरेको आफूले थाहा पाएको बताउँदै उनले त्यसलाई मात्र रोक्न सके सञ्चारमाध्यमले अहिले भोग्दै आएको एक हदसम्मको आर्थिक समस्या समाधान हुने बताइन् । 

विज्ञापनमा एकद्वारा प्रणाली लागु हुँदै श्रमजीवी पत्रकारले समयमा सेवा सुविधा नपाउने समस्या समाधानमा पनि सहयोग पुग्ने उनको दाबी छ । 

Tags :
प्रतिक्रिया दिनुहोस