काठमाडौँ । उपनिर्वाचनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा उपनिर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरिएको छ ।
तीन क्षेत्रमा वैशाख १० गते आइतबार हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यका साथ सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा अनुगमन संयन्त्र स्थापना गरिएको हो ।
उक्त संयन्त्रमा नेपाली सेनाका महासेनानी भेषबहादुर केसी, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदी र राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक भूमिप्रसाद पाठक रहेका छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले संयन्त्रको कार्यारम्भ भएको अवसरमा उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न/गराउन सन्दर्भमा निर्देशन दिएका छन् । ।