रुसले भन्यो-नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन तयार छौं « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रुसले भन्यो-नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन तयार छौं


८ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । जीटूजीमार्फत नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन रुसले तयार भएको छ ।

रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको बताएका हुन् ।

रुसी उपप्रधानमन्त्री चेर्निसेन्कोले नेपाल सरकारले चाहेको अवस्थामा जिटुजीमार्फत मल र गहुँ उपलब्ध गराउन तयार रहेको बताएको र त्यसका लागि नेपालले मन्त्रिपरिषदबाट निर्णय गरेर प्रक्रिया अगाडि बढाउनु पर्ने अध्यक्ष तिमिल्सिनाले बताए ।

अध्यक्ष तिमिल्सिना र उपप्रधानमन्त्री चेर्निसेन्कोबीच भएको भेटमा नेपाल र रुसबीचको सिधा हवाई सेवा सुचारु गर्ने, रुसमा नेपाली विद्यार्थीको शिक्षाको लागि कोटा बढाउने, सबवे, रेलमार्ग, मोटरवे र जलविद्युत् आयोजना निर्माणमा पूर्वाधार निर्माणमा सहयोग गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।

भेटवार्तामा नेपाललाई खाद्यान्न, रासायनिक मल, हेलिकप्टर र मोटरसाइकल उपलब्ध गराउने विषयमा छलफल भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस