सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


८ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ४ सय रुपैयाँले बढेर तोलामा १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य पनि ४ सय रुपैयाँले नै बढेर तोलामा १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस