स्वर्णिम वाग्लेका बुबा चढ्ने गाडी तोडफोड « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्वर्णिम वाग्लेका बुबा चढ्ने गाडी तोडफोड


८ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा.स्वर्णिम वाग्लेका बुबा चढ्ने गाडी तोडफोड भएको छ ।

तनहुँ-१ का उम्मेदवार वाग्लेका बुवा जीवन वाग्ले चढ्ने गाडी तोडफोड भएको हो।

तनहुँको व्यास नगरपालिका-३ दमौली बजारस्थित सन्तोष होटलअगाडि रोकिराखेको अवस्थामा बा ११ च ४२५० नम्बरको गाडीमाथि बिहीबार राति तोडफोड गरिएको छ।

कारको बायाँ भागको सिसा फुटाइएको छ भने इँटा समेत हानिएको छ। तोडफोड गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस