काठमाडौँ । नागरिकताका लागि सिफारिस गरेका वडाध्यक्षसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली विवरण पेस गरी वंशजको नाताले नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित ५ जना फाउ परेका हुन् ।
वडाध्यक्षसहित नागरिकता लिइसकेका नक्कली बाबु छोरा र झुक्याएर लिने प्रयास गरेका अर्का नक्कली बाबुछोरा गरी पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
कलैया उपमहानगरपालिका १० मटिअर्वा गाउँका नक्कली बाबु ७५ वर्षीय जोधन साह तुराहा र नक्कली छोरा बनेका २१ वर्षीय रमेश साह तुराहा पक्राउ परेका हुन् ।