काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको न्यायका लागि चुनाव लड्न चितवन आएको दाबी गरेका छन् ।
उपचुनावअन्तर्गत अन्तिम चुनावी सभामा बोल्दै उनले आफ्नो न्यायका लागि नभएर देशको न्यायका लागि चुनाव लड्ने बताएका हुन् ।
साथै उनले गृहमन्त्रीको रूपमा भ्रष्टाचारको फाइल खोल्छु भनेपछि आफूमाथि षड्यन्त्र गरेर पदबाट हटाइएको आरोप लगाएका छन् ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिएका लामिछाने चितवन २ बाट उपचुनाव लड्दैछन् ।