१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी र कोशी ब्यारेजका संरचना जीर्णोद्धार आवश्यक : विनोद चौधरी

अ+ अ-

काठमाडौँ । सांसद विनोदकुमार चौधरीले गण्डकी र कोशी ब्यारेजका संरचना जीर्णोद्धारका लागि नेपालले भारतसँग पहल गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणका क्रममा यो विषय उठाइनुपर्ने बताए ।

‘पचास वर्षदेखि बर्दघाट सुस्ता पश्चिम निरन्तर पीडा, आक्रोश, उपेक्षा र चरम दुःख भोगिरहेको छ । हरेक वर्ष सुस्ता र गण्डकको बाढीका कारण हजारौँ परिवारको खेत डुबानमा पर्छ । ठूलो जनधनको क्षति हुन्छ,’ सांसद चौधरीले भने, ‘पाँच दशक पुराना संरचना जीर्णोद्धार गर्ने विषय प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा महत्त्वपूर्ण एजेन्डाका रूपमा उठाइनुपर्छ ।’

सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशको राजधानी घोषणा भएको पाँच वर्षसम्म पनि बन्न नसक्नुको कारण खोजिनुपर्ने बताए । ‘सुदूरपश्चिमको राजधानी कसले बनाउने हो ? तत्कालीन प्रदेशसभाको दुई तिहाइले गोदावरीलाई प्रदेश राजधानी भन्यो । २०७५ सालमा राजधानी घोषणा भएर पनि अहिलेसम्म निर्माण हुन नसक्नुको कारण के हो ?’ उनले भने ।

शून्य समयमा बोल्दै अर्की सांसद बिना जयसवालले नेपाल हिन्दु राष्ट्र कायम हुनुपर्ने धारणा राखिन् ।

प्रतिक्रिया दिनुहोस