२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली काठको संरक्षण गर्नुभन्दा आयातमा केन्द्रित हुँदै वन मन्त्रालय, एक वर्षमै ७ अर्ब ९९ करोडको आयात

अ+ अ-

काठमाडौँ । काठ र काठजन्य सामग्रीको आयात ह्वातै बढेको छ । पछिल्लो एक वर्षमै रु. ७ अर्ब ९९ करोडको काठ र काठजन्य सामग्री आयात भएको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा काठ र काठजन्य सामग्रीको आयात बढेको हो ।

वन नीति, २०७५ ले वन पैदावारमा आत्मनिर्भर भई मूल्य अभिवृद्धिसहित निर्यात प्रवर्द्धन गर्ने उद्देश्य लिए पनि वन तथा वातावरण मन्त्रालयले नीति कार्यान्वयनमा चासो नदिँदा आयात बढ्दै गएको हो । महालेखापरीक्षकको साठिऔँ वार्षिक प्रतिवेदन, २०७९ अनुसार आवश्यकताअनुसार काठ उपलब्ध हुन नसकेको कारण आर्थिक वर्ष २०७७/७८ मा रु. २ अर्ब ३३ करोड र आर्थिक वर्ष २०७८/७९ मा रु. ७ अर्ब ९९ करोडको काठ र काठजन्य सामग्री आयात भएको छ ।

वन क्षेत्रमा ढला पडा, सुखडा खडा, हैसियत बिग्रिएका, प्रकोपले ढलेका र बुढो तथा उमेर पुगेका रुख बढ्दो क्रममा रहेका छन् । ती काठ व्यवस्थापन हुन सकिरहेका छैनन् । हिउँद तथा सुख्खा मौसममा लाग्ने डढेलोले काठ नष्ट हुने गरे पनि सोको प्रभावकारी व्यवस्थापन गरी उपयोग हुन सकेको छैन ।

काठको सदुपयोग नहुँदा यसबाट प्राप्त हुने आम्दानी गुमिरहेको र अरबौँ रुपैयाँको काठजन्य सामग्री आयात भएको देखिँदा ढला पडा, सुखडा खडा रुखहरूको व्यवस्थापन गरी काठलगायत वन पैदावारको उचित उपयोगद्वारा राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने व्यवस्था मिलाउनु पर्ने महालेखापरीक्षकको प्रतिवेदनमा औँल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस