काठमाडौँ । कर्णाली प्रदेश सरकारमा काँग्रेस सहभागी हुने भएको छ ।
चैत २७ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै काँग्रेसले सरकारमा जाने तयारी गरेको हो ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले काँग्रेसलाई समेटेर सरकारलाई पूर्णता दिने तयारी भएको बताएका छन् । यसअघि एमालेसँग रहेका तीन मन्त्रालय काँग्रेसलाई दिने तयारी भइरहेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नयाँ नेतृत्व पाउने भएको छ ।
कर्णाली प्रदेश सरकार बनाउन २१ सिट आवश्यक पर्छ । जसमा काँग्रेसमा १४, माओवादीमा १३, एकीकृत समाजवादीमा एक र यस्तै एमालेमा सभामुखसहित १०, राप्रपामा एक र स्वतन्त्र एक सांसद रहेका छन् ।