काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रवासमा रहेका नेपालीहरूलाई आफैँ बसेको देशबाट मताधिकार गर्न पाउने व्यवस्था गरिने बताएका छन् ।
नेकपा (माओवादी केन्द्र)प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसबाट प्रवासी नेपाली लाभान्वित हुने बताए ।
प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीले पठाएको रेमिटेन्सबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै वैदेशिक रोजगारीको सुधारको लागी सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने बताए ।
उनले राज्यका सबै निकायलाई राम्रोसँग परिचालन गरेर राजस्वमा उल्लेख्य सुधार भएको उल्लेख गर्दै आफू प्रधानमन्त्री बनेपछि सार्वजनिक सहकारी र निजी क्षेत्रको समन्वयलाई अगाडि बढाउन र निजी क्षेत्रलाई आर्थिक विकास निर्माणमा परिचालन गर्न जोड दिएको बताए ।