काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तीनै तहलाई संयुक्त रूपमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने जनाएको छ ।
मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहलाई विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ल्याउन अभियान सञ्चालन गर्ने जनाएको हो ।
साथै माध्यमिक शिक्षा परीक्षा दिएका विद्यार्थीहरूलाई छोटो अवधिकारी सीप विकास तालिम स्थानीय तहको नेतृत्व एवम् समन्वयमा सञ्चालन गर्ने भएको छ ।
शिक्षामन्त्री अशोक कुमार राई जिल्ला समन्वय समिति महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका प्रमुख एवं पदाधिकारी र मन्त्रालयका अधिकारहरू सहित बसेको छलफलले उक्त निर्णय गरेको मन्त्रालयले जनाएको छ ।