राष्ट्रव्यापी पदयात्रा गर्दै काँग्रेस नेता घिमिरे « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

राष्ट्रव्यापी पदयात्रा गर्दै काँग्रेस नेता घिमिरे


१ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले राष्ट्रव्यापी पदयात्रा सुरु गर्ने जनाएका छन्।

घिमिरेले समाज र राजनीतिक दलभित्र व्याप्त बेथितिविरुद्ध राष्ट्रव्यापी पदयात्रा सुरु गर्ने जनाएका हुन्।

समाजिक सञ्जालमा आफ्नो भनाइ राख्दै नेता घिमिरेले ७७ जिल्लामा अभियानका रूपमा पदयात्रा चलाइने जनाएका छन् ।

अभियानका क्रममा सबै प्रकारका विसंगतिहरुलाई उजागर गरिने उनको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस