काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूले कुनै पनि शुल्क उठाउन नपाउने भएका छन् ।
महानगरले एक सूचना जारी गर्दै महानगरभित्रका कुनै पनि सामुदायिक विद्यालयलाई शुल्क नउठाउन निर्देशन दिएको हो ।
महानगरले सहयोगका नाममा निजको इच्छा विपरीत रकम लिएको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएको छ ।
