२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्याजदर घट्दा शेयर बजारमा हरियाली

अ+ अ-

काठमाडौँ । ब्याजदर एकल अङ्कमा झार्ने निर्णयसँगै यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ ।

बुधबार बसेको नेपाल बैंकर्स सङ्घले बैठकले ब्याजदर एकल अङ्कमा झार्ने निर्णय गरेको थियो ।

ब्याजदर घटाउने निर्णयसँगै आजको कारोबारमा नेप्से परिसूचक ९२.२२ अङ्क अर्थात् चार दशमलव ९३ प्रतिशतले बढेर एक हजार नौ सय ६३.५५ अङ्क कायम भएको छ ।

नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आज दुई सय ६७ वटा कम्पनीको ६१ लाख सात हजार चार सय २५ कित्ता शेयर ४७ हजार दुई सय ८५ पटक खरिदबिक्री हुँदा एक अर्ब ९७ करोड ६० लाख ७६ हजार बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक चार सय ४२.३३ र निर्जीवन बीमा समूहको उपसूचक तीन सय ४३.२९ अङ्कले बढेको छ ।

आज बैङ्किङ समूह ६६ दशमलव तीन, विकास बैंक समूह एक सय ९७ दशमलव ८०, वित्त समूह एक सय आठ दशमलव २१, होटेल तथा पर्यटन समूह एक सय १८.३६ र जलविद्युत् समूह एक सय २०.२८ अङ्कले बढेको छ ।

त्यसै गरी लगानी समूह दुई दशमलव ६९, उत्पादन तथा प्रशोधन समूह दुई सय १८ दशमलव २०, लघुवित्त समूह एक सय ७२ दशमलव ६७, म्युचुअल फन्ड शून्य दशमलव ३९, व्यापार समूह ८४ दशमलव २१ र अन्य समूह ४७ दशमलव ५५ अङ्कले बढेको छ ।

आज आधा दर्जनभन्दा बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिद्धार्थ इक्विटी फन्ड, सिटिजन्स म्युचुअल फन्ड, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड, खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिञ्चोक दर्शन लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज तीन वटा कम्पनीको शेयर मूल्य मात्रै घटेको छ । एभरेस्ट बैंक लिमिटेड डिभेन्चर–२०८६ को मूल्य एक दशमलव ९९, सिभिल बैंक डिभेन्चर–२०८८ को मूल्य एक दशमलव १९ र सिद्धार्थ बैंक लिमिटेड डिभेन्चर–२०८३ (१० दशमलव २५ प्रतिशत)को मूल्य शून्य दशमलव ५५ प्रतिशतले घटेको हो ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै ११ करोड ७१ लाख ३५ हजार तीन सय ४२ बराबरको दुई लाख ८५ हजार आठ सय २६ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस