काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
स्वास्थ्य मन्त्री हुन सभापति रवि लामिछानेको टिमले २ करोड मागेको भन्दै व्यवसायी दुर्गा प्रसाईँसँग रकम मागेको अडियो बाहिरिएपछि रास्वपाले स्पष्टीकरण सोधेको हो ।
उनलाई पार्टीको अनुशासन तथा आचरण समितिमा २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भनिएको छ ।