काठमाडौँ । इटालियन सिरी ए फुटबलमा लाजियोले युभेन्ट्सलाई हराएको छ । शनिबार राति भएको खेलमा लाजियोले युभेन्ट्सलाई २-१ गोल अन्तरले हराएको हो ।
खेलको ३८ औं मिनेटमा मिलान्कोभिच साभिकले गोल गर्दै लाजियोलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४२ औं मिनेटमा एड्रिन राबिओटले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
त्यसपछि खेलको ५३ औं मिनेटमा माटिया जाकग्नीले गोल गर्दै लाजियोलाई २-१ को जित दिलाएका छन् ।
जितसँगै लाजियोले २९ खेलमा ५८ अङ्क जोडेको छ । लाजियो दोस्रो स्थानमा रहेको छ । युभेन्ट्स ४४ अङ्क सातौं स्थानमा रहेको छ ।