ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना


२५ चैत्र २०७९, शनिबार


काठमाडौँ । काठमाडौँको ह्याम्स अस्पतालमा एयरनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।

अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरका पछाडिको पुच्छरको पङ्खा खुस्किएको छ । हेलिकप्टरको पङ्खा नजिकैको घरको छानामा खसेको हो । तर हेलिकप्टरका पाइलट भने सकुशल रहेका छन् ।

हेलिकप्टर डाक्टर लिएर बिरामी लिनका लागि भरतपुर जानका लागि विमानस्थलबाट ह्याम्स अस्पतालमा गएको थियो ।

हेलिकप्टर अहिले अस्पतालको हेलिप्याडमा नै छ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस