इन्डियन प्रिमियर लिग : आज दुई खेल हुँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इन्डियन प्रिमियर लिग : आज दुई खेल हुँदै


२५ चैत्र २०७९, शनिबार


काठमाडौँ । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा आज दुई खेल हुदैछ ।

आजको पहिलो खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीचमा खेल हुदैछ । गोहावाटीमा हुने खेलमा दुवै टोली तेस्रो खेल खेल्दैछन् ।

राजस्थान दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा सनराईजर्स हैदराबादलाई पराजित गरेको राजस्थान दोस्रो खेलमा पन्जाब किंग्ससँग पराजित भएको थियो ।

पहिलो खेलमा लखनउ सुपर जायन्ट्ससँग र दोस्रो खेलमा गुजरात टाईटन्ससँग पराजित दिल्ली पहिलो जितको खोजीमा रहेको छ ।

यी दुई टोली बीचमा भएका पछिल्ला पाँच खेलमा तीन खेल दिल्लीले र दुई खेल राजस्थानले जितेका छन् । खेल नेपाली समयअनुसार अपराह्न पौने ४ मा सुरु हुनेछ ।

आज नै हुने दोस्रो खेलमा चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन खेल्दै छन् । मुम्बईको घरेलु मैदान वांनखडे क्रिकेट स्टेडियममा खेल बेलुका पौने ८ मा सुरु हुनेछ ।

पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरसँग पराजित चेन्नाई दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा गुजरात टाईटन्ससँग पराजित चेन्नाईले आफ्नो दोस्रो खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको थियो । तेस्रो खेल खेल्दै गरेको चेन्नाई दोस्रो जितको खोजीमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस