२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली समाजवादको खाका कसैसँग छैन : नेता शर्मा

अ+ अ-

कर्णाली । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपाली समाजवादको खाका कुनै पार्टीसँग नभएको बताएका छन् ।

नेकपा माओवादी केन्द्र केन्द्रीय सङ्गठन विभागअन्तर्गत कर्णाली प्रदेश समितिद्वारा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पार्टी निर्माणका चुनौती र समाधानका उपायहरू विषयक अन्तरक्रिया कार्यक्रम’मा उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख शर्माले पार्टीले अब समाजवादको स्पष्ट खाकासहित जानुपर्ने बताए । उनले अब केही दिनमै समाजवादी मोर्चाको घोषणा हुनेसमेत कार्यकर्तालाई जानकारी दिए ।

‘समाजवादी मोर्चाबारे माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र नेपाल समाजवादी पार्टीबीच सैद्धान्तिक सहमति भइसकेको यद्यपि घोषणा हुन बाँकी छ’, उनले भने । पूर्वगृहमन्त्रीसमेत रहेका उनले सङ्गठन सङ्घर्षबाट विमुख हुँदा पार्टीले अपेक्षित गति लिन नसकेको भनाइ राखे ।

उनले प्रदेश सरकारको पुनर्गठनबारे केही दिनमै केन्द्रीय गठबन्धनले निर्णय गर्ने जनाउँदै माओवादी कार्यकर्तालाई उत्पादनमा जोडिन आग्रह गरे । अभियानका माध्यमबाट कर्णालीको गरिबीलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका उपमहासचिव शर्माले आन्तरिक स्रोत साधनसँग प्रविधिको प्रयोग गरी पार्टीलाई अगाडि बढाइने जनाए ।

अन्तरक्रियामा केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, युवानेता रामदीप आचार्य, प्रदेश समितिका अध्यक्ष विमला केसीलगायतले कर्णालीको गरिबी निवारणको मुद्दालाई प्राथमिकता राखेर पार्टीका गतिविधि सञ्चालन गरिने जनाए । कार्यक्रम पार्टीका नेता, भातृ तथा पेसागत सङ्गठनका प्रतिनिधि गरी करिब तीन सयको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस