दीगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक जारी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

दीगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक जारी


२४ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा जारी बैठकमा नेपालले दिगो विकास लक्ष्यका उद्देश्य हासिल गर्न गरेका प्रयासको समीक्षा, कार्यान्वयनको अवस्था, चुनौतीलगायत भावी कार्ययोजनाबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, अर्थमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, जिल्ला समन्वय समिति महासङ्घ अध्यक्ष, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घका अध्यक्षको उपस्थिति रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस