भूगोल इनर्जीको आइपीओ बिक्री खुला « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

भूगोल इनर्जीको आइपीओ बिक्री खुला


२३ चैत्र २०७९, बिहिबार


काठमाडौँ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आज देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आइपीओ जारी गरेको हो।

यो मध्ये १०% (१ लाख ८ हजार ८११ कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ। यस्तै, ५%(७१ हजार ९१६ कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। यसमध्येबाट बाँकी रहेको १३ लाख ४६ हजार ९९३ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यसमा चैत २७ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा २०८० वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सी(आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस