काठमाडौँ । एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्म दर्ता हुने भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका सबै ६ हजार ७४३ वटै वडा कार्यालयलाई परिपत्र गर्दै एकल महिलाबाट जन्मेका तथा पितृत्वको ठेगान नभएका बच्चाको मावलीकै थर राखेर जन्म दर्ता गर्न निर्देशन दिएको हो ।
