२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल प्रहरी र सनराइज बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरी र सनराइज बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी-सनराइज बैंक छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले समझदारी पत्र आदान-प्रदान गरेका थिए ।

उक्त समझदारी पत्रमा नेपाल प्रहरीका तर्फबाट प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र सनराइज बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक रबिनकुमार नेपालले हस्ताक्षर गरेका थिए ।

सो कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले सम्झौताका लागि सनराइज बैङ्कलाई धन्यवाद दिँदै सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीसँग जोडिएर सहकार्य गर्ने, प्रहरी काम कारबाहीलगायत अन्य कल्याणकारी कार्यक्रममा सहजीकरण र सबलीकरण गर्ने प्रयासमा सनराइज बैंकले गरेको समन्वय प्रशंसनीय रहेको बताए ।

प्रहरी महानिरीक्षक कुँवरले सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीको मनोबल उच्च हुने चर्चा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरी र बैंकबीच आपसी सहयोग आदान–प्रदान हुने अपेक्षा लिइएको बताए ।

यसैगरी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले नेपाल प्रहरीले आम नागरिकलाई सुरक्षित जीवनयापन र सुरक्षाको प्रत्याभूति दिन गरेको योगदान र भूमिका प्रशंसनीय रहेको बताए ।

उक्त सम्झौताले नेपाल प्रहरीका विभिन्न स्कुलमा अध्ययनरत प्रहरी कर्मचारीका सन्ततिलाई थप हौसला र प्रेरणा मिल्नुका साथै नेपाल प्रहरी र सनराइज बैंकबीचको सम्बन्ध अझ प्रगाढ हुँदै जाने शर्माले विश्वास व्यक्त गरे ।

आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुल सामाखुसी काठमाडौँ, सुनसरीको धरान, रौतहटको गरूडा, चितवनको शान्तिपुर, तनहुँको बेलचौतारा, दाङको घोराही, सुर्खेतको वीरेन्द्रनगर र कैलालीको धनगढीस्थित आठ नेपाल पुलिस स्कुलहरुका कक्षा ४ देखि १२ सम्म अध्ययनरत १५ विद्यार्थीलाई नौँ वर्षसम्मको अध्ययनका लागि छात्रवृत्ति रकम प्रदान गरिने जनाइएको छ ।

छात्रवृत्ति कार्यक्रमबाट अमर÷शहीद एवम् अशक्त प्रहरी कर्मचारीका सन्तति र वहालवाला एवम् पूर्व प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका सन्ततीमध्ये जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराइने बताइएको छ ।

जेहेन्दार छात्र–छात्रालाई वार्षिक शुल्क, परीक्षा शुल्क र स्टेशनरी खर्चसमेत गरी एकमुष्ट छात्रवृत्ति रकम प्रदान गरिने जनाइएको छ । यसैगरी नेपाल पुलिस स्कुलको शैक्षिक शुल्क वृद्धि भएमा निर्धारित शुल्कको अधिकतम १५ प्रतिशतसम्मको वृद्धि रकम सनराइज बैंकबाट प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस