काठमाडौँ। आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ताको समय सकिए पनि उम्मेदवारी दर्ता जारी छ ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय दिइएको थियो ।
५ बजेसम्ममा २० जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा १२ दल र आठ जना स्वतन्त्रको उम्मेदवारी दर्ता भएको छ ।