शिक्षामा गरिएको लगानीको प्रतिफल बढाउनेछु : शिक्षा मन्त्री राई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शिक्षामा गरिएको लगानीको प्रतिफल बढाउनेछु : शिक्षा मन्त्री राई


१७ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीको प्रतिफल बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज पद बहाली गर्दै उनले आगामी बजेटमा शिक्षा क्षेत्र सुधारका मुद्दाका विषयमा कार्य योजना पेस गर्ने निर्णय गरे ।

उनले भने, ‘शिक्षामा हाम्रो धेरै लगानी छ । प्रतिफल नआएको हैन, आइरहेको छ । तर लगानीअनुसारको प्रतिफल देखिँदैन । अब प्रतिफलको विस्तार, सुधार र सुदृढीकरणका काम अघि बढाउनेछौँ ।’

मन्त्री राई गत मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी-१ बाट निर्वाचित भएका थिए ।

मन्त्री राई विसं २०४८ र २०५१ सालमा खोटाङबाट नेकपा (एमाले) पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस