जनकपुरधाम । मिटरब्याज लिएको आरोपमा धनुषाबाट ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सबैला नगरपालिका-२ कि पुनितादेवि यादव, बुद्धु लाल यादव र जनकपुरधाम उपमहानगरपालिका २४ का श्रवण दास छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा उनीहरूलाई मिटर ब्याजको आरोपमा पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।