काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने दाबी गरेका छन् ।
शुक्रबार दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बिस्तार भएपछि सरकारले काममा गति लिने बताएका हुन् ।
प्रचण्डले भने, ‘यस पटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दै छु । केही ठुला आयोजनाहरू र राष्ट्रले गौरव गर्ने निर्णयहरू गर्नेछु ।’